नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्छ : एमाले अध्यक्ष ओलि
५ चैत, काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने बताउनु भएको छ।
एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो। ओलिले भन्नुभयो पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्छ ओलिले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई गठबन्धनले रोक्न नसक्ने दावी समेत गर्नुभयो
उहाँले भन्नुभयो, ‘हाम्रा विरुद्ध गठबन्धन बनाइएको छ, मनोवैज्ञानिक त्रास कतै साथीहरूमा छ भने छोडिदिए हुन्छ, यो गठबन्धन केही पनि होइन, मैले केही वर्षअघि भनेको थिएँ– स्यालहरूले मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन ।’