ठूलो संख्यामा माओवादी परित्याग गरि एमाले प्रबेश गराउन एमाले नेता पोखरेल सुर्खेत जादै
काठमाडौं , चैत्र ६ : नेकपा माओवादी केन्द्र परित्याग गरेका सांसद ठम्मर बिष्ट नेकपा एमालेमा प्रवेश गर्ने हुनुभएको छ। सांसद विष्टलाई एमालेमा प्रबेश गराउन आज आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत जाने निश्चित भएको एमालेले जनाएको छ । वीरेन्द्रनगरमा आज आयोजना हुने प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टी प्रवेश गराउने निश्चित भएको एमालेले जनाएको छ ।
बिष्टसंगै नेकपा माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा