भारतीय राजदूतले दिए नेपाली पत्रकारहरुलाई रंगिन रात्रिभोज (पत्रकारको लिष्ट सहित)


सरकार विरुद्ध लगातार बिष बमन गरि रहेका ठुला मिडियाका सम्पादक, पत्रकारहरुलाई भारतीय राजदूतले रंगिन रात्रिभोज दिएका छन। सरकार र जनस्तरमा नेपाल भारतबीचको सम्बन्धमै असहज अवस्था उत्पन्न भएको यस घडीमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारत निकट मानिएका, भनिएका नेपालका दैनिक, साप्ताहिक पत्रपत्रिका, टेलिभिजन, अनलाइन, लगभग दुई दर्जन वरिष्ठ, कनिष्ठ पत्रकारहरुलाई रंगिन रात्रिभोज सहित भेटघाट गरेको खबर कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार स्रोतले बतायो।

स्रोतका अनुसार, भारतीय राजदूत निवास इण्डिया हाउसुमा आयोजित रंगिन रात्रिभोज र छलफल कार्यक्रम २०७६ असार २५ गते साँझ ७ बजेबाट सुरु भएको थियो । उक्त कार्यक्रममा युवराज घिमिरे (देशसञ्चार), नारायण वाग्ले (कान्तिपुर), अनुप काफ्ले (काठमाडौं पोष्ट) देवप्रकाश त्रिपाठी (घटना र विचार), हरिवहादुर थापा (अन्नपुर्ण), प्रकाश रिमाल (दी हिमालयन टाइम्स), शुभशंकर कँडेल (एपी वान), गुणराज लुईटेल (नागरिक), कृष्ण ज्वाला देवकोटा (नयाँ पत्रिका), प्रशान्त अर्याल, श्याम कँडेल (कार्यकारी निर्देशक एचटीभी), मदन लम्साल, निर्मल गुरुङ्ग९सगरमाथा टीभीका मालिक, प्रमोद सेंढाई (खबर हव) र मानस घिमिरेलगायतको उपस्थिति रहेको स्रोतले बताएको छ ।

साँघु साप्ताहिकबाट साभार

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई