अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टीका अध्यक्ष सिंह आज एमाले प्रवेश गर्दै
काठमाडौं चैत्र ८ : समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने हुनुभएको छ ।
दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमालेका एक नेताले जानकारी दिनुभयो ।
करिष्मालाई एमाले प्रवेश गराएर चुनावी सभाहरुमा सहभागी गराउने एमालेको योजना छ ।