एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, यस्ता छन एजेन्डाहरू
काठमाडौं चैत्र ९ : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने तथा चुनावमा केन्द्रित रहेर छलफल हुनेछ ।
बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, स्थानीय निर्वाचनको घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठक दुई दिनसम्म चल्नेछ ।