“दिनभरी बीपी, रातभरी विप्लव”
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई विप्लव समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्नु भएको छ।
मन्त्री बाँस्कोटाले विप्लव समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्नु भएको हो।
भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो। सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो। त्यसप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरीत हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाउनु भयो।