एमाले प्रवेश गर्ने लहर बढेको छ, महाधिवेशनमा संगठित सदस्यता ८ लाख ५५ हजारबाट ११ लाख पुगेको छ : अध्यक्ष ओली


काठमाडौं चैत्र ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नेको लहर बढेको बताउनु भएको छ ।

बुधबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष ओलीले अहिले ११ लाख संगठित सदस्य संख्या पुगेको बताउदै यो संख्या बढ्दै जाने पनि बताउनु भयो ।

ओलिले भन्नुभयो पार्टी प्रवेशको लहर छ । महाधिवेशनमा संगठित सदस्यता आठ लाख ५५ हजारबाट बढेर अहिले ११ लाख पुगेको आकलन छ।

ओलिले नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।

एमालेसँग इतिहासको विरासत रहेको उहाँले जनाउनुभयो । एमालेको काँधमा आजका समस्या र चुनौतीको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारा समेत रहेको उहाँले बताउनुभयो ।

ओलीले भन्नुभयो सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ । त्यो सबै गर्न चुनाव जित्नुपर्छ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई