इम्प्रेशन नेपाल को नवौ राष्ट्रिय अधिबेशन सम्पन्न, अध्यक्षमा बालगोपाल थापा निर्वाचित
काठमाडौं चैत्र ९ : आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपाल को नवौ राष्ट्रिय अधिबेशन चैत्र ५ मा भक्तपुरको रोयल थाई हस्पिटालिटीमा सम्पन्न भएको छ । अधिबेशनले बालगोपाल थापाको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा ओम बहादुर खड्का राम , कृष्ण बन्जारा, कृपा कार्की र किरण मालीलाई चयन गरेको छ भने महासचिवमा सुरज अधिकारी चयन् हुनुभएको छ । यस्तै
उप महासचिवमा सुमन गौतम, आर्थिक सचिव इश्वरी प्रसाद शर्मा, शिक्षा सचिव चन्द्र विलास भुर्तेल
श्रम र सामाजिक सुरक्षा सचिव दुर्गा प्रसाद पौडेल चयन हुनुभएको छ ।
सदस्यहरुमा ढक प्रसाद खतिवडा, जनक लम्साल, रमा सुवेदी, तेज प्रसाद धमला, निम बहादुर बुढा, सुमन खनाल, , जेनिशा श्रेष्ठ, नारायण जिसी, चन्द्रा थापा, राजु दाहाल, नानी बाबु अधिकारी, ऋषिमणी पराजुली, मात्रिका पोखरेल, तुलसीराम पाण्डे, विक्रम श्रेष्ठ हुनुहुन्छ ।
युनियनको राष्ट्रिय अधिबेशन प्रतिनिधि परिषद प्रमुख स्वत निबर्तमान अध्यक्ष हुने व्यवस्था बमोजिम महेन्द्रलाल श्रेष्ठ र उप प्रमुखमा बिष्णु कुँवर हुनुहुन्छ ।
यसैगरी अधिबेशनले रोमकांत पाण्डे प्रमुख रहनु भएको पाच सदस्यीय सल्लाहकार परिषद पनि गठन गरेको छ । जसमा क. अस्गर अलि , शालिग्राम पराजुली, परशु खनाल र गुणनिधि पाण्डे रहनु भएको छ ।