व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको भीड हुने तर त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो : मन्त्री भुसाल


काठमाडौं, चैत १० गते : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो ।

व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको भीड हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले जवाफ दिने अवस्था आएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ ।”

जनताको कर र जनताका छोराछोरीले तिरेको ‘शुल्क’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले साधन र स्रोतलाई सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि विलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।”

मन्त्री भुसालले भन्नुभयो, “अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति त्रिविकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।”

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई