अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं, कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकी ब्यारेलबाट ७ ग्राम १६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, ६० मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-५ तिनतारा बस्ने २६ वर्षीया माया लुहार र बेदकोट नगरपालिका-७ बस्ने पदम ओड रहेका छन् ।  बनबासाबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-११ मुस्कान पथ घर भएका २४ वर्षीय युद्वजित सुनारी र सोही उपमहानगरपालिका-१३ बेलबास घर भएका २७ वर्षीय सुनिल श्रेष्ठलाई ५ ग्राम ९ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ६ थान मोबाइल र १ थान तौल गर्ने मेसिन सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनारीको घरमा लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी(पश्चिम), पाल्हिनन्दन गाउँपालिका-१ महेशपुर नजिकबाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ३४ वर्षीय मुकेश गुप्तालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम) र सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय विक्रम चौधरी सहित ३ जनालाई १ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-१५ स्थित पार्वती रेष्टुरेण्टमा खाजा खाइरहेका व्यक्तिहरूसँग लागूऔषध रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई