गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री देउवा


दमौली, चैत १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।” प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।

तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै काँग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गर्नुभयो । उहाँले सबै निर्वाचनमा तनहुँमा काँग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई