पार्टी छोडेर चोक्टा खान गएकालाई वैशाख ३० गते झोलमा डुबाइदिने एमाले अध्यक्ष ओलीको चेतावनी
काठमाडौं चैत्र ११ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाइदिने चेतावनी दिनुभएको छ । उदयपुरमा आज आयोजित जनसभामा बोल्दै एमाले अध्यक्ष ओलीले उक्त चेतावनी दिनुभएको हो । अवसरवादीहरुलाई जवाफ दिने उपयुक्त समय वैशाख ३० भएको बताउनु भयो ।
ओलीले भन्नुभयो,‘पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ ।’ सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी आएको छैन ।