निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छ : अध्यक्ष ओली
काठमाडौं चैत्र १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेर आए पनि एमालेले चुनाव जित्ने बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
ओलिले एमाले देश भरी एक्लै जित्न सक्षम रहेको भन्दै कसैले हराउने कुरा नचिताए हुने बताउनुभयो । ओलीले भन्नुभयो – देउवाजीले टुप्पोमा बसेर हेर्दा देशै भरी एमाले मात्र देख्नुभयो । एमालेको मसल देख्नुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गर्नु भएको हो । एक्लै लड्ने आट् नभएर सभापति शेरबहादुर देउवाले प्रदेश सभापतिहरूलाई हप्काएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले अन्य पार्टीहरू एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको समेत बताउनु भयो । उहाँले सबै पार्टीहरू एकातिर लागे पनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा एमालेको साथमा रहेको दाबी गर्नुभयो ।