आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा पक्राउ


काठमाडौं,  आफ्नै ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई