महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ


बारा, वीरगंज महानगरपालिका-१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् ।

आफ्नो माइतीघर बारा कलैया उपमहानगरपालिका-२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएको थियो । साथै घटनामा संलग्न उनीहरूलाई वीरगंजबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई