एमाले स्थायी कमिटीको बैठक आज बस्दै , यस्ता छन एजेण्डाहरू
काठमाडौं चैत्र १३ : नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।
आज अपराह्न ३ बजे काठमाडौं महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बैठक बोलाइएको छ ।
बैठकमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा रहि स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाउने र निर्वाचनमा परिचालन गर्ने योजना बारे छलफल हुनेछ ।
स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चारजना पदेन सदस्य हुनुहुन्छ ।