एमाले स्थायी कमिटीको बैठकका महत्वपूर्ण निर्णयहरू
काठमाडौं, चैत १३ गते : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले स्थानीय तहको चुनावी घोषणापत्रको मस्यौदामाथि थप सुझाव संकलन गर्ने निर्णय गरेको। आइतबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
एमालेले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोग र सरकारको भूमिका अनुचित रहेको भन्दै आपत्ति जनाएको छ ।मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।
सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाएको छ ।
बैठकले चुनावी घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यले चैत २० गतेसम्म लिखित सुझाव दिने र घोषणापत्रको अन्तिम रुप दिने निर्णय गरिएको