संघीय सांसद गुप्तासहित हजारौ कार्यकर्ता एमालेमा प्रवेश
कपिलवस्तु, चैत १४ गते : संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो । नेकपा ( एमाले) मा समाहित हुनुहुने हजारौंलाई आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।
गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्मवहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा १ का वडाध्यक्ष सुदीप पौडेल, वडा ४ का वडाध्यक्ष रविन्द्र त्रिपाठी, वडा १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा ८ का अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको छ ।
सांसद गुप्ता ७ हजार कार्यकर्तासहित प्रवेश गर्नुभएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो । त्यसैगरी कृष्णनगर नगरपालिकाका युवा नेता कुनालप्रताप शाहसहित ३ हजार कार्यकर्ता एमाले प्रवेश गर्नुभएको सो दलले जनाएको छ । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, राप्रपा लगायतबाट नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको एमालेले जनाएको