भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ, काँग्रेसलाई पहिलो बनाउन तालमेल गर्नुपर्छ : महामन्त्री शर्मा


काठमाडौं, १५ चेत : नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई पहिलो बनाउन तालमेल गर्नुपर्ने बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै महामन्त्री शर्माले यस्तो धारणा राख्नुभएको हो ।

हेर्नुस शर्माको ट्विट

कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,
कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं `वाम गठबन्धन´ बन्नबाट रोक्नुपर्छ । यसका लागि गहिरो सुझबुझ जरुरी छ । भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ । परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ । कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन । संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो । त्यो नितिको जगमा `कहिँ एक्लै जित्ने´, `कहिँ तालमेल´ रणनीतिक बिषय हो । सँगैमा `भरतपुरको भावना´ आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट र दृढ छौं । काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान छ । बोर्ड विकेन्द्रीतको अर्थ अधिकार विकेन्द्रीत हो । अत तालमेल गर्दा कहाँ आवश्यक छ/छैन निधो गर्न, स्थानीय भावना आत्मसात गर्न स्थानीय समिति सक्षम छन् । हामी व्यहारिक र लोकतान्त्रिक प्रक्रियामा छौं,
जय नेपाल !

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई