देशमा लगानी गर्नु आगोमा हाम फाले सरहः एमाले नेता दुर्गा प्रसाईं
भक्तपुर– नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेपालमा लगानी गर्नु आगोमा हाम फालेसरह हुने बताउनुभएको छ ।
प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा तरकारी बजार उद्घाघाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
प्रसाईंले झापामा मेडिकल कलेज, क्यान्सर अस्पतालदेखि भक्तपुरमा तरकारी बजार खोल्दा आफूले धेरै चुनौती व्यहोरेको बताउनुभयो ।
प्रसाईंले नेपालका कतिपय व्यक्तिहरु नेपाली जनताको जीवनस्तर उठेको हेर्न नचाहेको उल्लेख गर्नुभयो ।
प्रसाईंले नेपालका सीमित व्यक्तिले आफ्नो व्यवसायका लागि लाखौं युवालाई विदेश पठाउन व्यवसायिक वातावरण निर्माण हुन नदिएको उल्लेख गर्नुभयो ।