अध्यक्ष ओली आज जुम्ला र कालिकोट जादै
काठमाडौं चैत्र १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जुम्ला र कालिकोटमा हुने नेकपा एमालेको कार्यक्रममा सहभागी हुनु हुने भएको छ ।
हिजो साँझ नेपालगञ्ज पुग्नुभएका अध्यक्ष ओली आज जुम्लाको सिंजा र कालिकोटका पार्टी प्रवेश र चुनावीसभामा सहभागी हुने कार्यक्रम रहेको छ ।
आज विहान १० बजे हेलिकप्टरबाट जुम्लाको सिंजा र कालिकोटका पार्टी प्रवेश र चुनावीसभा सकेर नेपालगञ्ज हुँदै भोली नै अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।