राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विट गर्दै गरे यस्तो आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले असंभव एजेण्डा बोकेर आफ्नो र युवाहरूको भविष्य माथि खेलवाड गर्ने काम छोडन राप्रपालाई आग्रह गर्नुभएको छ ।
सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै थापाले उक्त आग्रह गर्नुभएको हो । थापाले ०६३/६४ ताका “मरेको लाश नबोकौ दाई” भनेर आफूलाई सल्लाह दिने नै अहिले पार्टी कब्जा गरेर धुवाँधार गालिको वर्षा गरिरहेको आरोप लगाउनु भयो ।
हेर्नुस थापाको ट्विट
२०६३/६४ ताका “मरेको लाश नबोकौ दाई” भनेर सल्लाह दिने भाईहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालिको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ।गालिगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस-गत १५वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो?पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो?
असंभव एजेण्डा बोकेर आफ्नो र युवाहरूको भविष्य माथि खेलवाड गर्ने काम छोडनोस्।मैले त छोडे।हेरि राख्नु होला,केहि वर्षपछि भाईहरु पनि मेरै बाटोमा आउनुपर्छ।राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ।तर,के गर्नु “उनको” व्यवाहार र सोचाई नै गलत भयो।त्यसैले गालि गलौजमा समय खेर नफाल्नोस्।