एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता , यस्तो भयो छलफल


नेपालगन्ज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा.धवलशमशेर राणाबीच भेटवार्ता भएको छ ।

हिजो साँझ नेपालगन्जमा अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता भएको हो ।

राप्रपाका महामन्त्री राणाले भेटवार्तामा स्थानीय तहको चुनावमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल भएको बताउनुभयो । राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले–राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

“गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो”, राणाले भन्नुभयो, “अध्यक्ष ओली र आफूबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।”

भेटवार्ता सकारात्मक भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई