१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चटौतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।