पाकिस्तानको संसद भंग
पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसद् विघटन गर्नुभएको छ । यस अगाडि प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गर्नुभएको थियो ।
प्रधानमन्त्रीविरुद्ध संसद्ले अविश्वासको प्रस्ताव खारेज गरेसँगै प्रधानमन्त्री खानले यस्तो कदम चाल्नुभएको हो । यसअघि पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गर्नुभएको थियो ।