दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो – अध्यक्ष ओली
काठमाडौं, २० चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्तकुरा बताउनु भएको हो ।
ओलिले भन्नुभयो, नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ।
प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?’
सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि हात बाँधेर बसेको ओलीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब वुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ?’