युवा नेता गगन कुमार थापाले लगाउनु भएको आरोपको खण्डन
पोष्टखबरमा छापिएको समाचारलाई लिएर नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले समाजिक सञ्जालबाट लाइभ गर्ने क्रममा गर्नु भएको टिप्पणीलाई पोष्ट खबर टिम कडा शब्दमा भत्सर्ना गर्दछ। उहाँले चयन गर्नु भएका कतिपय शब्दले “प्रेस स्वतन्त्रता” माथि प्रहार गरेका पोष्टखबर टिमको निर्कष्ष छ।
आफ्नो प्रसंसामा लेख्दा वाहवाही गर्ने तर आफ्नो प्रतिष्ठामा आघात पुग्ने सामाचार आएमा विरोधीले परिचालन गरेको देख्ने नेपाली राजनितिज्ञहरुको पुरानो दृष्टिदोष हो। माननिय गगन कुमार थापा पनि उक्त दृष्टिदोषबाट मुक्त हुनुहुँदो रहेनछ भन्ने हिजो उहाँले समाचारको खण्डन गर्दा प्रयोग गर्नु भएका शब्दहरुबाट स्पष्ट हुन्छ। हामी उहाँलाई उक्त दृष्टिदोषबाट मुक्त हुन विनम्र अनुरोध गर्दछौं।
हामी के प्रष्ट पार्न चाहान्छौं भने पोष्ट खबर राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गर्ने गर्दछ, हाम्रा लागि पात्रहरु गौण हुन। देशहितका विरुद्धमा लाग्ने, देशका गोप्य सुचना विदेशी नियोग र दुताबासमा पुर्याउने छद्मभेषी पात्रहरुको मुखुण्डो उतार्न नकारात्मक टिका टिप्पणी, डरत्रासबाट विचलित नभइ पोष्टखबर टिम लाग्नेछ भनि हामी हाम्रा पाठक प्रति प्रतिवद्धता प्रकट गर्दछौ।
गगन थापा माथि किन पहिलो प्रहार गरियो भन्ने सन्र्दभमा हामी पुन एक पटक भन्न चाहान्छौं “पात्र हरु हाम्रा लागि गौंण हुन”। हाम्रो ध्येय छद्मभेषी रहेका पात्रहरुको क्रियाकलापलाई जनमानस सम्म पुर्याइ समाजमा बहसको वातावरण श्रृजना होस भन्ने मात्र हो।
हामीले युवा नेता गगन कुमार थापा सम्बन्धी प्रकाशित गरेको समाचार तलको लिंकबाट पढन सक्न हुन्छ।