अवैध लागूऔषध सहित ६ जना पक्राउ


रुपन्देही, देवदह नगरपालिका-१० आसाम टोलबाट करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन थापा र २१ वर्षीय शिशिर सेन्चुरी रहेका छन् । अस्थाई प्रहरी चौकी भलुहीबाट खटिएको प्रहरीले अर्जुनको घरमा उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारी घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ जहदीबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने २७ वर्षीय लक्ष्मण पन्थी र सोही ठाउँ बस्ने ३५ वर्षीय दुर्गा राना मगर रहेका छन् । भे.५ प ५१६० नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट करिब ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय प्रबिन तामाङ र सोही उपमहानगरपालिका-१० बसपार्क बस्ने २१ वर्षीय उमेश लामा रहेका छन् । बा.८६ प ५०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई