बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-५ बस्ने ईलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई