कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् : महासचिव पोखरेल
दाङ, चैत २२ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् भन्नुभएको छ ।
प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले उक्त कुरा बताउनु भएको हो ।
पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने भन्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको भन्दै तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्न तयार भएको बताउनु भयो ।