कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित तीन स्थानीय तहका उपप्रमुख सहित सयौ एमालेमा प्रवेश
वीरगञ्ज चैत्र २२ : पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख सहित सयौ व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रमका बीच एमाले प्रवेश गराउनु भएको हो ।
उक्त कार्यक्रममा बोल्दै ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाउनु भएको छ ।
उहाले भन्नुभयो ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भन्नुभयो, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’