बाँसबारी छाला, जुत्ता, सिमेन्ट कारखाना, इँटा उद्योग खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर : अध्यक्ष ओली


काठमाडौं चैत्र २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँसबारी छाला, जुत्ता, सिमेन्ट कारखाना, इँटा उद्योग खाँनेहरुले नै आफूहरूलाई खै उद्योग स्थापना गरेको भनेर सोधेको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले उक्तकुरा बताउनु भएको हो ।

ओलिले भन्नुभयो उनीहरूको काम भनेकै बेचेर खानु, विकासलाई रोक्नु हो, आज अस्पताल, बाटो घाटा सब योजना रोक्दै छन्, उनीहरूले यसका लागि कसम खाएका छन् ।

एमालेले सबैको सुख र सबैको न्याय चाहने बताउँदै गठबन्धनवालाहरू आफ्नो सुख र आफूले भनेजस्तो मात्र खोज्ने काममा रहेको बताउनुभयो ।

ओलीले भन्नुभयो ‘उनीहरू र हामीबिचको फरक नै यही हो हामी सर्वेभवन्तु सुखिन भन्छौ उनीहरू आफूहरूको स्वार्थ मात्र सोच्छन् र त्यसका लागि जे पनि गर्छन् । हामी शोषणकारी प्रणाली हैन न्यायोचित प्रणाली भन्छौ उनीहरू आफ्नो स्वार्थ बाहेक अरू केही सोच्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस  
सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको मनोनयन दर्ता

काठमाडौं, माघ ४ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथ दर्शनमा

  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री हुनु भएकाहरू राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, माघ ३ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई