कामपाले गर्‍यो विद्यालयको शुल्क निर्धारण, कुन विद्यालयले कतिसम्म लिन पाउने ? हेर्नुहोस्


काठमाडौँ, २७ चैत (रासस) : आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको महानगरका शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिनुभयो । समितिले शैक्षिकसत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ६३० कायम गरेको छ । त्यस्तै ‘ग’ वर्गका विद्यालयको रु दुई हजार २४, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ४१८ र ‘क’ वर्गका विद्यालयको रु दुई हजार ८१२ निर्धारणको छ । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार ३५१, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ८०१ र ‘क’ वर्गका विद्यालयको रु तीन हजार २५१ कायम गरिएको छ । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले रु एक हजार ५३७ अधिकतम शुल्क लिन पाउनेछन् । यसअघि त्यस वर्गका लागि अधिकतम शुल्क रु ८३८ थियो । त्यस्तै ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि तीन हजार ७६२ र ‘क’ वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको विभागका प्रमुख केसीको भनाइ छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । विद्यालयको वर्गीकरणका लागि ५४ बुँदा र अन्य उपबुँदामा सूचक तोकिएका छन् । तीमध्ये विद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेलमैदानजस्ता भौतिक पूर्वाधार; पुस्तकालय, शौचालय, खेलका सामग्रीजस्ता सुविधा; विद्यार्थी सङ्ख्या, शिक्षक, छात्रवृत्ति, विद्यालय व्यवस्थापन समितिको बैठक, शैक्षिक उपलब्धि, महिला शिक्षक अनुपात, छात्राबास, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी सङ्ख्यालगायत छन् । यी सूचकका आधारमा ‘विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समिति’ ले विद्यालय वर्गीकरण गर्छ । महानगर शिक्षा नियमावलीअनुसार समितिमा शिक्षा अधिकारीको संयोजकत्वमा विषयगत प्रतिनिधित्व रहने व्यवस्था छ । यस समितिको फागुन २६ गते बसेको बैठकले चालू शैक्षिकसत्रको शुल्क निर्धारण गरेको हो । कक्षागत शुल्कको दर तोक्नका लागि शिक्षा नियमावलीको दफा ५९ को अनुसूची २२ क मा व्यवस्था गरिएको छ । त्यस्तै कामपाले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि आगामी वैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना अभियान शुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई