७५ लाख बालबालिकालाई आजदेखि टाइफाइड विरुद्धको खोप लगाइँदै,खोपका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयंसेवक परिचालन


काठमाडौँ । देशभरका १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइड विरुद्धको खोप लगाइँदै छ ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोप सम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोपका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयंसेवक परिचालन गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गर्नुभएको थियो ।  केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई