प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक जारी
काठमाडौँ चैत्र २५ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ ।
स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न बैठक बसेको हो ।
बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसक्नुभएको छ ।
आजको बैठकमा समसामयिक राजनीति र चुनावी तालमेलका मोडालिटीबारे छलफल हुने बताइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जाने सहमति यस अघि नै भइसकेको छ । तर चुनावी तालमेलको ढाँचा भने टुङ्गिएको छैन।
गठबन्धनले निर्वाचन तयारी र अनुगमनका लागि रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति पनि गठन गरेको छ । उक्त समितिले पनि चुनावी तालमेलको ढाँचाबारे छलफल गरिरहेको छ।