नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धननिकट घिमिरे निर्वाचित, महासचिवमा खनाल
नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानलको तर्फवाट अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका तर्फवाट विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याउनु भएको छ । यस्तै महासचिवमा अन्जिता खनाल ३६ सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याउनु भएको छ ।
अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरूले जित हासिल गरेका छन् । २५ सदस्यीय कार्यसमितिका लागि गत चैत १९ मा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।