सार्वजनिक कार्यक्रममा शशांक कोइरालाले भने गत चुनावमा ६ करोड खर्च गरे
काठमाडौं चैत्र २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शशांक कोइरालाले गत निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताउनु भएको छ । शनिबार नेविसंघ इलाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सम्बोधन गर्दै उहाले चुनावैपिच्छे आफ्नो खर्च बढिरहेको बताउनु भएको हो ।
‘पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो। दोस्रो चुनावमा तीन करोड र लास्ट चुनावमा ६ करोड। ल भन्नुस् त तपाईंहरु कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट? कोइरालाले प्रश्न गर्नुभयो । उहाले भन्नुभयो म छोड्न तयार छु । तपाईँहरूले त्यहाँ कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ ।