विभिन्न हातहतियार सहित पक्राउ


धनुषा, जनकपुर उपमहानगरपालिका-१० स्थितबाट १ थान पेस्तोल र सोही पेस्तोलको म्याग्जिन १ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय इन्द्रेश कुमार सिंह र सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय अर्जुन कुमार सिंह रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ज. ७ प ७९३२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

रूपन्देही, सैनामैना नगरपालिका-१ भाटा एकताटोल बस्ने दल बहादुर सुनारलाई सिसाको गोली १२ थान, फलामको टुक्रा (छर्रा) ८ थान, केप १२ थान र बारुद सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो । साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ रानिकुवा बस्ने मान बहादुर राउतको घरबाट २ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको छ । मान बहादुरको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई