विभिन्न पार्टीका २ हजार बढी नेता-कार्यकर्तालाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली आज बझाङ जाँदै
काठमाडाैं चैत्र २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बझाङ जाने कार्यक्रम रहेको छ ।
नेकपा एमाले बझाङले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ जान लाग्नुभएकाे हाे ।
एमालेले हिजो बझाङमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ओली आउने जानकारी दिएकाे हाे । सभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका २ हजार बढी नेता-कार्यकर्तालाई एमालेमा स्वागत गर्नुहुने कार्यक्रम रहेकाे छ ।