माओवादी केन्द्र र माधव नेपालको गुट भनेका काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै हुन : अध्यक्ष ओली
काठमाडौं चैत्र २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई एउटै दलको संज्ञा दिनु भएको छ ।
आज ललितपुरमा पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले उक्तकुरा बताउनु भएको हो । ओलिले भन्नुभयो पाँच दलीय गठबन्धन स्थानीय तहलाई पङ्गु बनाउन लागि परिरहेको छ ।
ओलिले भन्नुभयो ,पाँच दलीय गठबन्धन स्थानीय तहलाई पङ्गु बनाउदै छन्, यी पाँच वटा पनि हैन, अब एउटै दल हुन् ।काग्रेंसका पुच्छर काग्रेंस नै हो, जसरी भैँसीको पुच्छर भैँसी नै हो, यी पनि काग्रेंसको पुच्छर हुन् अर्थात् यी पुच्छर भए पनि काग्रेंस नै हुन् । उहाले भन्नुभयो माओवादी केन्द्र र माधव नेपालको गुट भनेका काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै हुन्’ ‘यिनीहरू एमाले सिध्याउन भनेर हिडेँका छन् तर केही माखो मार्दैनन् ?’