माओवादीको चुनावी पोस्टरमा कुलमानको फोटो दुरुपयोग भएपछी व्यापक आलोचना
काठमाडौं चैत्र ३० : नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग भएपछी सामाजिक सन्जालमा व्यापक आलोचना भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकमा राखेको चुनावी पोस्टरमा घिसिङको पनि फोटो राखिएपछी त्यस्तो आलोचना भएको हो ।
प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको शीर्षक दिएर राखिएको छ ।
कर्मचारिकाे फाेटाे दुरुपयाेग गरेकाेमा प्रचन्डलाई राजनितिमा अयाेग्य र विजुलि घिसिङलाई कर्मचारि भन्दा प्रचन्डकाे कार्यकर्ता भएकाेले सरकारि अाेहदामा काम गर्न अयाेग्य घाेषित गर्दै अाजिवनाे लागि पेन्सन सुविधा खारेज गरिनुपर्छ । pic.twitter.com/wrsopGlFqj
— बिद्राेही शालिग्राम (@Shalig48) April 13, 2022
जनतामा आफ्नो लोकप्रियता कमजोर हुँदै गएपछि माओवादी केन्द्रले कुलमान घिसिङ्गलाई प्रयोग गरेर भोट बटुल्ने प्रयास गरेको छ।
— Prem G'Magar (प्रेम घर्ती मगर) (@ipremarshi) April 13, 2022
कुलमान कमरेड को आधिकारीक धारणा के छ ? अब राजिनामा दिएर निर्वाचन मा होमिने बेला भयो ढिला नगरौ कमरेड pic.twitter.com/bRy4UQRp9J
— Nikhil Giri (@GiriNiku) April 13, 2022
उज्यालो बाट अँध्यारो को यात्रा,
अर्थतन्त्रमा गाइजात्रा । pic.twitter.com/OxggQzbVJK— Bhim Oli 💉💉💉 (@Bhim0li) April 13, 2022