एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरु आइरहेको बेला महासचिव पोखरेलको यस्तो आयो स्टाटस
काठमाडौं बैशाख २ : नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरु आइरहेको बेला महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै एक स्टाटस लेख्दै महासचिव पोखरेलले विखण्डनलाई छोड्दा सिके राउतलाई,हिंसालाई छोड्दा विल्पवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको उल्लेख गर्नुभएको छ ।
हेर्नुस पोखरेलको स्टाटस
विखण्डनको वाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा(एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।