श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट काठमाडौंको मेयरमा सिफारिस !


 

काठमाडौँ बैशाख २ : नेकपा एमाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिश गरेको छ।

एमाले काठमाडौं महानगर कमिटिको बुधबार बसेको बैठकले मेयर उम्मेदवारका लागि पाँचजनाको नाम केन्द्रलाई सिफारिश गरेको हो।

जिल्ला कमिटीको सिफारिशमा परेका मध्येबाट स्थायी कमिटिले उम्मेदवार तोक्ने छ। काठमाडौं मेयर उम्मेदवारमा एमालेबाट सिफारिश हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त छन् ।

मेयर सिफारिशमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन् । त्यस्तै केशव स्थापित पूर्व मेयर हुन् । रामवीर मानन्धर पुर्वमन्त्री हुन् । इन्दिरा पन्त एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । पन्तको श्रीमान वसन्त मानन्धर नेकपा (एकीकृत समाजवादी) बाट वाग्मती प्रदेशमा खानेपानी, ऊर्जा तथा सिचाइँ मन्त्री भएका छन ।No photo description available.

 

त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिश गरेको छ । रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिश गरेको छ। उपमेयरमा सिफारिश रत्न गुरुङ्ग संविधान सभा सदस्य हुन, त्यस्तै शान्ति अधिकारी अनेमसंघकी केन्द्रीय महासचिव हुन् । उहाँ एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन् ।

त्यस्तै पेम्बा लामा सक्रिय एमाले नेतृ हुन्। सिफारिस भएका महानगर, उपमहानगरपालिकाका मेयर उपमेयरको अन्तिम निर्णय पार्टी स्थायी कमिटीले गर्ने छ।

 

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई