नुवाकोट कांग्रेसका पूर्व उपसभापतिसहित एक हजार बढी कार्यकर्ता एमाले प्रवेश गर्दै


काठमाडौं , वैशाख २ : नेपाली कांग्रेस नुवाकोटका पूर्व उपसभापति यमबहादुर थापासहित एक हजारबढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्दैछन । एमाले प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्न एमाले अध्यक्ष ओली नुवाकोट जादै हुनुहुन्छ । नेपाली कांग्रेस नुवाकोटका अन्य पूर्व पदाधिकारीहरू पनि एमाले प्रवेश गर्ने नेताहरूले जनाएका छन ।

एक जना संसदीय निर्वाचनमा उम्मेदवार भैसकेका नेता समेत एमाले प्रवेश गर्दैछन । कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको झिनो मतान्तन्तरमा पराजित हुनुभएका थापा साविक भद्रुटार गाविसका निर्वाचित अध्यक्ष समेत हुनुहुन्छ । नुवाकोटमा २०५४ मा अधिंकाश स्थानमा एमाले र राप्रपाले जित्दा कांग्रेसबाट विजयी हुनुभएको थियो । नेपाली कांग्रेस नुवाकोटका सभापति मुकुन्द सिटौला हुँदाका उपसभापति उहाँ सिटौला जिल्ला विकास समितिको सभापति भएपछि चार वर्ष कार्यबहाक सभापतिको रूपमा नुवाकोट काग्रेस चलाउनु भएको थियो । रामेश महत नेपाली कांग्रेस नुवाकोटको सभापति भएपछि पार्टीभित्रकै फरक समूहका नेताहरूलाई कत्लेआम गरिरहेको बेलमा अर्जुननरसिंह केसी निकटका थापा एमाले प्रवेश गर्नुभएको हो । थापा एमाले प्रवेश गरेसँगै नेपाली कांग्रेसको पञ्चकन्या गाउँपालिकाको जग भत्किएको छ ।

यसअघि पनि कमजोर रहेको कांग्रेस अब झन कमजोर बन्न पुगेको छ । डा रामशरण महत, डा प्रकाशरण महत, रमेश महत र वैकुण्ठ मिश्रको गृह पालिकामा अब कांग्रेसलाई चुनाव जित्न थप कठिन हुनेभएको छ । यसअघि २०७४ को निर्वाचनमा महतहरूले मतदान गरेको वडामा एमाले र पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई