माधव नेपाल अझै पनि आफूलाई एमाले नै सम्झेर ठूलो भाग खोज्नुहुन्छ : अध्यक्ष प्रचण्ड


 

काठमाडौँ बैशाख २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भाँडिन लागेको संकेत गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो संकेत गर्नुभएको हो । उहाँले माधव नेपाल आफूलाई अझै पनि एमाले नै देखेर ठूलो भाग खोज्नुहुन्छ भन्दै त्यसतर्फ सन्केत गर्नुभएको हो ।

नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको अध्यक्ष प्रचण्डले बैठकमा बताउनु भयो ।

अध्यक्ष प्रचण्डले माधव नेपाल अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘माधवजीले अलिक बढी मागिहाल्नु हुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छु । नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।’

अध्यक्ष दाहालले विवाद भए पनि गठबन्धनका पाँचै दलसँग गम्भीरतापूर्वक कुरा गरेर गठबन्धन कायम गरेर जानुपर्ने मत राख्न भयो ।

पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ। कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्। जनता समाजवादीले बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई