गठबन्धन भत्किनेक्रम शुरु भएपछी एमाले महासचिवको आयो यस्तो स्टाटस
काठमाडौं, बैशाख २९ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक सम्वन्धलाई भत्काएर स्वार्थको सम्वन्ध गासेकाहरुको अवसान दुःखद हुनु अनिवार्य छ।गठवन्धन विचको खटपटले त्यही संकेत गर्दैछ भन्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको भन्दै गठबन्धन गरेर जान समस्या परेको बताएपछि पोखरेलले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ। कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्।
हेर्नुस पोखरेलको स्टाटस