दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ


काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट १ थान दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा  र खोटाङ साकेला गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिल बहादुर तामाङ रहेका छन् ।

उक्त स्थानमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई