कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव सहित हजारौ एमालेमा प्रवेश


May be an image of 2 people, people standing and crowd

सर्लाही बैशाख ३ : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव सहित स्थानीय तहका १८ वडाध्यक्षलगायतका हजारौं नेकपा एमाले प्रवेश गर्नु भएको छ ।May be an image of 5 people and people standing

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पूर्वपोलिटब्युरो सदस्य केशव ढुंगाना ,मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडाअध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेको एमालेले जनाएको छ ।May be an image of one or more people and people standing

‘मेयर, वडा अध्यक्षहरु, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनुभएको छ’ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले भन्नुभयो, ‘झन्डै पाँच हजार जना आज एमाले प्रवेश गरेका छन ।’ उहाँका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना भएको आमसभालाई अध्यक्ष ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्बोधन गर्नु भएको थियो ।May be an image of 4 people and people standing

उहाँका अनुसार आजको पार्टी प्रवेश कार्यक्रमा लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडाअध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडाअध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई