एमालेका प्रभावशाली नेता बाँस्कोटाको ट्विट ! वंश भएकोले अंश माग्ने हक एमालेमा मात्र छ
काठमाडौं, बैशाख ३ : एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा (एकीकृत समाजवादी) रहेका सबै जिल्ला र पालिकामा रहेका नेता तथा कार्यकर्ता एमालेमै फर्कन आव्हान गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताउनु भएको थियो। तालमेलको गठबन्धनमा केही दल लोभी भएको आरोप लगाउनु भएको थियो । अपमानपूर्ण व्यवहार सहेर बस्नुभन्दा अबस्तुवादी मानसिक भ्रम र हात नबिटुल्लिकन नबप्रतिकृयावादी माधव गुटमा लागेकका सबै जिल्ला र पालिका कार्यकर्ता एमालेमै फर्कन सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले आव्हान गर्नुभएको हो ।
हेर्नुस बाँस्कोटाको ट्विट
अबस्तुवादी मानसिक भ्रम र हात नबिटुल्लिकन नबप्रतिकृयावादी माधव गुटमा लागेकका सबै जिल्ला र पालिका कार्यकर्ता एमालेमै फर्क बंश भएकोले अंश माग्ने हक एमालेमा मात्र छ ।अन्त मगन्तेको हालत हुन्छ है।चुनाबपछि किन टिका लगाएर फर्कनु?