निर्वाचन हुन नदिन सम्पूर्ण सेटिंग परिचालित गर्ने कोशिस गर्न खोजिदै छ भन्दै एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो आयो स्टाटस
काठमाडौं, बैशाख ४ गते : एमालेका प्रभावशाली नेता तथा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिदैछ भन्नुभएको छ ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उक्त कुरा बताउनु भएको हो ।
उहाले विभिन्न बहानामा निर्वाचन सके टार्ने /नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘ सम्पूर्ण सेटिंग’ परिचालित गर्ने कोशिस गर्न खोजिदैछ यसवाट सावधान हुनु र सबैतिरबाट खवरदारी गर्नु जरूरी छ भन्नुभएको छ ।
हेर्नुस पोखरेलको स्टाटस
स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिदैछ ! विभिन्न बहानामा निर्वाचन सके टार्ने /नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘ सम्पूर्ण सेटिंग’ परिचालित गर्ने कोशिस गर्न खोजिदैछ ।सावधान हुनु र सबैतिरबाट खवरदारी गर्नु जरूरी छ !!